नेप्सेमा १० लाख २८ हजार कित्ता बोनस सेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माघ ११ गते १० लाख २८ हजार १९८ दशमलव २४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर आज मंगलबार सूचीकृत भएको हो । कम्पनीको चुक्ता पूँजीको २५ प्रतिशत बोनस बापतको सेयर धितोत्रपको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी नेप्सेमा सूचीकृत भएको हो ।

स्वरोजगार लघुवित्तको कार्तिक २७ गते शनिबार सम्पन्न तेह्रौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर अनुमोदन गरेको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक १२ गतेदेखि सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार कात्तिक ११ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सयरधनीहरुले मात्र लघुवित्तको लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७८, मंगलबार  १४ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।