बैंकिङ नियम उल्लङ्घन गर्ने आठ बैंक आरबीआईको कारवाहीमा

0
Shares

भारतीय रिजर्भ बैंक (आरबीआई) ले आठवटा बैंकलाई बैकिङ नियम पालना नगरेको कसुरमा कारवाही गरेकोे छ ।

आरबीआईले बैंकको अपराधको प्रकृति अनुसार १ लाख भारु देखि ४ लाख भारुसम्मको जरिवाना तोकेको छ। कारबाहीमा पर्नेहरुमा आठै वटा बैंक को–अपरेटिभ बैंकहरु रहेका छन्।

गुजरात स्थित द एसोसिएट बैंकले व्यक्ति तथा बित्तीय संस्थाललाई ऋण प्रदान गर्दा पालना गनुपर्ने नियम र ग्राहक पहिचान विवरण (केवाइसी) नियमको पालना नगरेको अभियोगमा ४ लाख भारु जरिवाना तिराएको छ।

त्यसैगरी मोगभीरा कोअपरेटिभ बैंकलाई पनि केवाइसी नियम पालना नगरेको आरोपमा २ लाख जरिवाना सजाय दिइएको छ। भर्चा कोअपरेटिभ बैंकले डिपोजिटर एजुकेशन एन्ड अवयरनेस फन्ड स्किम प्रावधानको नियम पालना नगरेको कसुरमा १ लाख भारु जरिवाना गरेको छ।

यसका साथै जम्मु स्थित जम्मु सेन्ट्रल बैंक र जोधपुर स्थित जोधपुर नागरिक सहकारी बैंकलाई पनि समान कसुर गरेको ठहर गर्दै १–१ लाख जरिवाना तिराएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।