सुनको मूल्य नेपाली बजारमा बुधबार तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने स्थीर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य पनि ४०० रुपैयाँले बढेर ९३ हजार ९०० रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो । सोबार सुनको भाउ ५०० रुपैयाँले बढ्दा ताँदी १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८४७ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.७३ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया