क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ्ग कारोबार गैरकानूनीः बैंकर्स संघ

0
Shares

नेपाल बैंकर्स संघले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीको कारोबारमा गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने बताएको छ ।

संघले बुधबार एक विज्ञप्ति जारी गर्दै क्रिप्टो/भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन सर्वसाधारणको ध्यानकर्षण गराएको छ।

साथै यस्तो कारोबारमा संलग्न नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र बिदेशमा बस्ने नेपाली नागरिकहरु समेतलाई प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सूचना मार्फत जानकारी गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।