साहारा एपको अफर: ग्रीनसिटी अस्पतालमा विशेष छुट

0
Shares

साहारा एपका ग्राहक तथा राइडरले बसुन्धराको ग्रीनसिटी अस्पतालमा गराइने स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् ।

विजनेश ग्रोथ कम्पनी प्रालिद्धारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने छन् । अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउने भएका हुन् ।

मंगलबार साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण बिडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पछिल्लो समय लोकप्रिय रहेको साहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।

अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारा एपसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमी हुन नदिने स्पष्ट पारे । आजबाटै अस्पतालले प्रदान गर्ने सेवामा ग्राहक तथा राइडरले छुट पाउने छन् ।

कम्पनीका अनुसार साहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउने छन् ।

शुन्य कमिसनमा सेवा दिइरहेको साहारा एपले ग्राहक तथा राइडरको पहिलो रोजाईमा पर्ने गरेको छ । यस अघि कम्पनीले अजोड इन्सोरेन्ससँग इन्स्योरेन्स सम्बन्धी सम्झौता गरेको छ । ग्राहक तथा राइडरले ६ लाखसम्मको इन्स्योरेन्स सुविधा पाउने कम्पनिका सीइओ विशाल जिसीले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।