जानकी फाइनान्स लिमिटेड (JFL) ले साधारण सभा डाकेको छ । कम्पनीले होटल मानकी इन्टरनेशनल प्रालि शिवचाेक, जनकपुरधाममा फागुन ७ गते बिहान १० बजे २५ औं वार्षिक साधारण सभा बोलाएको हो ।
गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको फाइनान्सले उक्त प्रस्ताव सहितका अन्य प्रस्तावहरु अनुमोदन गर्न सभा बोलाएको हो ।
सभामा लाभांशका अतिरिक्त संस्थापकका तर्फबाट ३ जना तथा सर्वसाधारणका तर्फबाट २ जना गरी ५ जना सञ्चालक निर्वाचन गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु रहेका छन् ।
फाइनान्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ २४ गते सोमबारदेखि फागुन ६ गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । यस अनुसार माघ २३ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र फाइनान्सको लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया