आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा ५ करोड २३ लाख नाफा कमाएको कम्पनीको नाफा ६ प्रतिशत घटेको हो ।
बिहीबार सार्वजनिक एनएफआरएस वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा ३ करोड ७६ लाख ५ हजार रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी ८० करोड ५१ लख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.१५ रुपैयाँ रहेको छ । कम्पनीले पुस मसान्तसम्म कम्पनीले ४ अर्ब २९ करोड ५७ लाख रुपैयाँ सापटी लिएर ५ अर्ब १४ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी ७ करोड ९४ लाखबाट १८ प्रतिशत बढेर ७ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ७ करोड ४७ लाखबाट घटेर ६ करोड ९६ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ ।
यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११५.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.५४ प्रतिशत छ । कम्पनीको जगेडा कोषमा ७ करोड ७७ लाख र रिटेण्ड अर्निङमा ४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया