सप्तकोशी डेभलपमेन्ट बैंकको नोक्सानी ३ करोड बढी

0
Shares

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (SAPDBL)  चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड २५ लाख ६६ हजार खुद नोक्सानीमा पुगेको छ ।

गत आवको यसै अवधिसम्ममा बैंक ८० लाख ४८ हजार खुद नाफामा रहेपनि चालु आवमा भने घाटा ब्यहोरेको हो ।

दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ११ करोड २१ लाख ऋणात्मक रहेको छ ।

चुक्ता पूँजी ८३ करोड ४३ लाख ३८ हजार रहेको बैंकको प्रतिसेयर आम्दानी ७.८१ रुपैयाँले ऋणात्मक छ । बैंकको रिटेन्ड अर्निङ ११ करोड २१ लाखभन्दा बढी ऋणात्मक छ भने जगेडा कोषमा ११ करोड ९ लाख रुपैयाँ रहेको छ ।

बैंकको निक्षेप संकलन १०.३४ प्रतिशत घटेर ४ अर्ब ४ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानी भने ५.४७ प्रतिशत बढेर ४ अर्ब २१ करोड १७ लाख रुपैयाँ प्रवाह गरेको छ ।

पुस मसान्तसम्म ११ करोड १२ लाख खुद ब्याज आम्दानी गरेपनि कर्मचारी खर्च बढेपछि बैंकको सञ्चालन घाटा ३ करोड ४५ लाखभन्दा बढी पुगेको छ । गत आवको यसै अवधिसम्म बैंकले १ करोड १३ लाखभन्दा बढी सञ्चालन नाफा गरेको थियो ।

बैंकको खराब कर्जा अनुपात बढेर ५.२५ प्रतिशत पुगेको छ । गत आवको यसै अवधिमा ४.८४ प्रतिशत रहेको थियो ।बैंकको कस्ट अफ फण्ड ७.३३ प्रतिशत, आधारदर ११.५५ र स्प्रेडदर ४.५५ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७८, आइतबार  १४ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।