सनराइज बैंकलाई ए माइनस ईस्युवर रेटिङ प्रदान

0
Shares

सनराइज बैंक (SRBL) लाई केयर रेटिङ नेपालले ए माइनस ईस्युवर रेटिङ प्रदान गरेको छ ।

केयर रेटिङ्ग नेपालद्घारा गरिने निरिक्षणमा यस बैंकले बिगत ४ बर्ष देखि नियमित रुपमा ए माइनस रेटिङ्ग प्राप्त गर्न सफल भएको छ।

ए माइनस रेटिङ भएका वित्तीय संस्थाहरूको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता ‘ईस्युवर रेटिङ’ रहेका वित्तीय संस्थाहरूमा न्यून जोखिम रहेको मानिन्छ ।

बैंकले आफ्ना लगानीकर्ताहरू तथा सम्पूर्ण हिताधिकारीहरूको सुरक्षाको निम्ति आफ्ना जोखीमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ भन्दै बैंकले आफ्ना परिसूचकहरू आगामी दिनहरूमा पनि अझ सशक्त गर्दै लैजाने कुरामा अझै प्रतिबद्घ रहेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।