क्रिप्टोकरेन्सीलाई पहिलो पटक वैधानिक टेन्डरको मान्यता दिने राष्ट्र हो, एल साल्भाडोर ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सेन्ट्रल अमेरिकी राज्यहरुमा क्रिप्टोकरेन्सीको कारोबार नगर्न सुझाव दिएको छ ।
विश्व अर्थतन्त्रमाथि चुनौती बन्दै गएको क्रिप्टोकरेन्सी प्रयोग नगर्न आईएमएफको सुझावलाई एल साल्भाडरका ट्रजरी मन्त्री एलजेन्ड्रो जेलायाले ठाडै अस्वीकार गरेका छन् ।
‘बिटकोेइन राष्ट्रिय सार्वभौमताको विषय भएको र कुनै अन्तर्राष्ट्रिय संस्थाले यो गर त्यो गर भन्नुले कुनै अर्थ नराख्ने’ जेलायाले स्थानीय टेलिभिजनमा बताए । “राष्ट्रहरु स्वतन्त्र हुन्छन् र जनहितको लागि बनाइएका नीति सरकारका सार्वभौम निर्णय हुन्छन् ।” पनि भनेका छन् ।
गत साता आइएमएफले एल साल्भाडोरलाई क्रिप्टोकरेन्सीबाट जम्मा भएको १५० मिलियन अमेरिकी डलरलाई विघटन गर्न र प्रयोग नभएको फन्डलाई आईएमएफको ट्रेजरीमा जम्मा गर्न सुझाव दिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया