ट्रेड टावरले साढे ११ करोडको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

0
Shares

ट्रेड टावर ग्रुपको प्यारेन्ट कम्पनी ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि साढे ११ करोड बढीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले जारी पूँजी ४६ करोड ५० लाख रुपैयाँको २४.९ प्रतिशतले हुन आउने ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।

प्रतिसेयर १०० अंकित दरका कुल ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ जारी गर्न कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त समझदारीपत्रमा ट्रेड टावरका कार्यकारी अध्यक्ष शिवहरि दंगाल र लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन् ।

ट्रेड टावर २०६७ साल देखि लिमिटेड कम्पनीको रुपमा सञ्चालनमा रहेको छ । कम्पनीका उद्देश्यहरुमध्ये होटेल–हस्पिटालिटी, लिजिङ एन्ड फाइनान्सिङ लगायत पूर्वाधारका परियोजना विकास गर्ने तथा लगानी गर्ने रहेका छन् ।

कम्पनीले नेपाल खाद्य संस्थानको थापाथलीस्थित जग्गा लिजमा लिई नेपालकै सबैभन्दा ठूलो सिंगल विल्डिङ कम्प्लेक्स विगत १३ वर्षदेखि सञ्चालन गरिरहेको छ ।

त्यस्तै ललितपुर–भैंसेपाटी रेडियो टावरसँगै जोडिएको १९० वटा अपार्टमेन्ट निर्माण गरी कम्पनीले यो आयोजना सफलतापूर्वक सम्पन्न गरेको छ ।

यसैगरी कम्पनीले काठमाण्डौ वडा नं. ९ गौशालास्थित पशुपतिनाथको दक्षिणतर्फ रिङरोडमा जाडिएको करिब ४ रोपनी जग्गा ३६ वर्षका लागि लिजमा लिई हाल निर्माण भइराखेको व्यापारिक भवनको निर्माण कार्य आगामी २. ५ वर्षमा सक्ने लक्ष्य राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ माघ २०७८, मंगलबार  १९ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।