सुनचाँदीको मूल्य ताेलामा ३०० बढ्याे

0
Shares

सुनको मूल्य बुधबार नेपाली बजारमा बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ तोकिएको छ ।

मंगलबार भने छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ र तेजावी सुन तोलाको ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ७९७ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.६५ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७८, बुधबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।