
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सेयरधनीलाई निराश बनाउने खालको प्रकाशित गरेको छ ।
बुधबार प्रकाशित वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ४७।३२ प्रतिशतले घटेको छ । पुससम्म लघुवित्तले १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जबकी गत आवको यसै अवधिमा लघुवित्तले १ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चुक्ता पूँजी १४ करोड १७ लाख ४५ हजार रुपैयाँ रहेको लघुवित्तको नाफा घटेसँगै वार्षिक प्रतिसेयर आम्दानी पनि ३३.२९ रुपैयाँ घटेर १४.६६ रुपैयाँमा झरेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ५३ करोड ९२ लाख रुपैयाँ सापटी तथा सदस्यबाट ३६ करोड ५७ लाख रुपैयाँ लिई १ अर्ब ५ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ३ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २५ लाख ६२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको सापटी १३.३९ प्रतिशत, निक्षेप २१.३१, कर्जा लगानी २३.३३, खुद ब्याज आम्दानी १३.९६ प्रतिशतले बढेको हो । संस्था गत वर्ष यहि अवधिमा ५२ करोड ३५ लाख रुपैयाँ सञ्चालन नोक्सनीमा थियो ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १३।९६ प्रतिशतले बढेर ३ करोड ९८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३ करोड ४९ लाख रुपैयाँमा सीमित थियो।
संस्थाको जगेडा कोषको आकार १.९३ प्रतिशत घटेर २ करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ । समीक्षा अवधिमा संस्थाको खराब कर्जा बढेर ४.९७ प्रतिशत पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १३६.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०९.१६ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया