पशुपति क्षेत्रको जग्गा अतिक्रमण गरेर बनाइएका छाप्रा हटाउन कोषको आग्रह

0
Shares

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको जग्गा अतिक्रमण गरेर बनाइएका छाप्रा हटाउन आग्रह गरेको छ ।

कोषले बुधबार एक सूचना जारी गर्दै कोषको नाउँमा स्रेस्ता पुर्जा कायम रहेको गोठाटारको जग्गा अतिक्रमण गरी छाप्रा बनाइ बस्ने गरेको पाइएपछि छाप्रा हटाउन आग्रह गरेको हो ।

गोठाटार गा.वि.स. वडा न.३ कि.न.५९ ऐ.ऐ.कि.न. ८४ र ऐ. वडा न.४ (क) कि.न. ८० का जग्गाहरुमो केही व्यक्तिहरुले अतिक्रमण गरि छात्रा बनाएका हुन् । सो छाप्राहरु हटाउन बानरम्बार आग्रह गर्दा पनि अटेर गरेको कोषले जानकारी दिएको छ ।

यसका साथै आजको मितिले १५ दिन भित्र छाप्राहरु आफैँले भत्काउन आग्रह गरेको छ ।  १५ दिन सम्म पनि छाप्रहरु नभत्काए कोष आफैले कानुन अनुसार त्यस्ता छाप्रा तथा संरचनाहरु हटाउने बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७८, बुधबार  १२ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।