
रिलायन्स फाइनान्स (RLFL) को खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै खुद नाफा २२० प्रतिशत वृद्धि भएको छ ।
चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २२० प्रतिशत वृद्धि भएर २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार फाइनान्सले ७७ लाख २८ हजार नाफा कमाएको थियो ।
कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । चुक्ता पूँजी ९१ करोड ५६ लाख रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी वृद्धि भएर ५.४१ पुगेको छ । गत आवको यसैअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.८६ रहेको थियो ।
गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ९१ प्रतिशत र सञ्चालन नाफा २२० प्रतिशत वृद्धि भएको छ ।
कम्पनीको जगेडा कोषमा २० करोड १४ लाख, रिटेण्ड अर्निङमा १७ करोड १७ लाख र सेयर प्रिमियममा ११ लाख ४१ हजार रुपैयाँ सञ्चित रहेको गरेको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर नेटवर्थ १४०.८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०१.९८ गुणा रहेको छ । फाइनान्सको खराब कर्जा अनुपात ३.१९ प्रतिशत, कस्ट अफ फण्ड ८.१९, आधार दर ११.४२, स्प्रेडदर ३.५८ र सिडी रेसियो ८४.६० प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया