बलेफी हाईड्रोपावरले १८ लाख २८ हजार कित्ता आईपीओ बिक्री गर्दै

0
Shares

बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले उक्त मितिदेखि कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको जनाएको हो ।

माघ २७ गतेदेखि निष्काशन तथा बिक्री खुला हुने उक्त आईपीओमा सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुले मात्र आवेदन दिन सक्ने बताइएको छ ।

कुल सेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं, २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी रहेको ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं, ५ र ७, बलेफी गाउँपालिकाको वडा नं, १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं, ७ का बासिन्दाहरुका लागि जारी हुनेछ ।

आईपीओ छिटोमा फागुन १२ गते निष्काशन बन्द हुनेछ भने उक्त मििितमा सबै सेयर खरीदका लागि स्थानीयबाट आवेदन नपरेको खण्डमा ढिलोमा फागुन २७ गते खुला रहनेछ ।

स्थानीयले कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि परिचयपत्र सहित स्थानीयले आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

सेयर खरीका लागि स्थानीयले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्था दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २० माघ २०७८, बिहिबार  १० : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।