.png)
सुनको मूल्य बिहीबार नेपाली बजारमा बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजावी सुन ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार सुनको मूल्य बढेपनि चाँदी स्थीर बनेको छ । आज नेपाली बजारमा चाँदीको भाउ तोलामा १ हजार २५५ रुपैयाँ कायम गरिएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
बुधबार पनि सुन तोलामा ३०० रुपैयाँ र चाँदी १५ रुपैयाँले वृद्धि भएर कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८०६ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.५८ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया