शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट, भाउ कति ?

0
Shares

शुक्रबार सुनको मूलयमा सामान्य गिरावट देखिएको छ । बिहीबार तुलनामा शुक्रबार सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलामा ९२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजावी सुन ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८०६ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.५० डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ माघ २०७८, शुक्रबार  ११ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।