विद्युतीय भुक्तानीका गोप्य विवरण समाजिक सञ्जाल मार्फत लेनदेन नगर्नु: राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रयोगकर्तालाई कारोबार सम्बन्धी गोप्य विवरण कसैसँग पनि लेनदेन नगर्न अनुरोध गरेको छ । समाजिक सञ्जाल मार्फत विद्युतीय भुक्तानी प्रयोगकर्ता ठगी गर्ने क्रम बढेसँगै केन्द्रीय बैंकले सर्वसाधारणलाई होसियार हुन अनुरोध गरेको हो ।

नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ ।

विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति/समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको गुनासो आउने क्रम दिन प्रतिदिन बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसैले विद्युतीय भुक्तानी मार्फत गर्दा ध्यान दिनुपर्ने भन्दै ७ सुझाव समेत दिएको छ ।

राष्ट्र बैंक अनुसार पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको प्रयोगकर्ताको नाम तथा पासवर्ड मागेर ठगी हुने गरेको छ । त्यति मात्र नभई नक्कली वेवसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ रकम माग गर्ने, अत्यधिक नाफाको देखाई गैरकानुनी उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने लगायत माध्यमबाट ठगी गर्ने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसप्रकारको ठगीबाट बच्न भुक्तानीकर्ताहरुले विशेष ध्यान दिँदै अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड तथा ओटिपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन केन्द्रीय बैंकले अग्रह गरेको छ । साथै मोबाइल तथा अन्य डिभाइस एवं एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्न समत राष्ट्र बैंकले सुझाव दिएको छ । यस्ता पासवर्ड गोप्य तथा सुरक्षित राख्नु समेत राष्ट्रले सर्वसाधरणलाई अनुरोध गरेको छ ।

सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकिन गरेर मात्र रकम पठाउनु पर्दछ । त्यसैगरी अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड नगर्न समेत राष्ट्र बैंकले सुझाएको छ । अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्ने भएकाले सचेत हुन समेत राष्ट्र बैंकको आग्रह गरेको छ ।

कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिन समेत अनुरोध गmरेको छ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआरकोड अथवा पासवर्ड पठाउन आवश्यक नहुने समेत बैंकले जानकारी गराएको छ । कुनै पनि वेवसाईट मार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेवसाइ हो/होइन यकिन गरेर मात्र कारोबार गर्न समेत केन्द्रीय बैंकले सुझाएको छ ।

कुनै पनि वेवको ठेगाना “https://” बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले यसकोे यकिन गर्न समेत केन्द्रीय बैंकले अनेरोध गरेको छ । त्यसका साथै विद्युतीय कारोबार गर्दा आफू ठगीएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवं नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाई सम्बन्धी पोर्टलमा गुनासो वा उजुरी दर्ता गर्न समेत राष्ट्र बैंकले अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ माघ २०७८, शुक्रबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।