सूर्या लाइफ इन्स्योरेन्स लिमिटेड (SLICL) को खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१७ प्रतिशतले घटेको छ ।
गत आवको दोस्रो त्रैमाससम्ममा २० करोड १२ लाख ७१ ह्जार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा घटेर १५ करोड ६६ लाख ५८ हजार रुपैयाँमा संकुचित बनेको हो ।
चुक्ता पूँजी १८.३३ प्रतिशत बढाएर २ अर्ब ५५ करोड २ लाख ८२ हजार पुर्याएको कम्पनीको नाफा घटेसँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि घटेर ६.३९ रुपैयाँ घटेर १२.२९ रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा इन्स्योरेन्सको जगेडा कोष ४.३२ प्रतिशत घटेर ६८ करोड ९० लाख रुपैयाँमा झर्दा इन्स्योरेन्सको जीवन बीमा कोष ३५.३५ प्रतिशत बढेर १२अर्ब ५७ करोड १७ लाख ५० हजार रुपैयाँ र महाविपत्ती कोष २६.१९ प्रतिशत बढेर १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा २ अर्ब २८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा ६.९६ प्रतिशतले बढेको हो ।
कम्पनीले बीमालेख धितोमा १ अर्ब ४७ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेर ६ करोड २५ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ । पुस मसान्तसम्म कम्पनीले २ अर्ब ५० करोड ११ लाख ५५ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
पुस मसान्तसम्ममा इन्स्योरेन्सले ३ हजार ३९२ दाबी बापत परेको ४४ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९६ दाबी बापत १ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६३.९९ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया