विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा ६.११ प्रतिशतले घटेको छ ।
पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ६ करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तले ७ करोड २९ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चुक्ता पूँजी ३२ करोड रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ११.९१ रुपैयाँ घटेर ४२.७९ रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा १९ करोड २४ लाख २३४३ हजार रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत, निक्षेप १५.९४ प्रतिशत, सापटी ८.१५ प्रतिशत, कर्जा लगानी १२.९६ प्रतिशत, खुद ब्याज आम्दानी २३.२२ प्रतिशत, सञ्चालन मुनाफा १२.३८ प्रतिशत, र जगेडा कोष ४९.७२ प्रतिशतले बढेको छ ।
पुससम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब १० करोड रुपैयाँ सापटी तथा १ अर्ब ३ करोड ५५ लाख ९० हजार रुपैयाँ निक्षेप संकलनबाट ४ अर्ब ५९ करोड८४ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले १९ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ९ करोड ६१ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात ३.२१ प्रतिशतबाट बढेर ४.६३ प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १६०.१३ रुपैयाँ, कस्ट अफ फण्ड ८.३४ प्रतिशत र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३४.०१ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया