नेपाल प्रहरीले २ लाख ३१ हजार रुपैयाँ नगद सहित ५ जना जनालार्ई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका–२४ भेडासिंहस्थित सुरज तण्डुकारको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद, १६ थान कौडा र १९ बुक तास फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया