मेगा क्यापिटलको स्वास्थ्यकर्मी लक्षित योजना

0
Shares

मेगा क्यापिटल मार्केट्स लिमिटेडले स्वास्थ्यकर्मीलाई लक्षित गरी योजना ल्याएको छ ।

कोरोना महामारीमा आफ्नो व्यक्तिगत जीवनभन्दा देशवासीको स्वास्थ्य संवेदनशीलता बुझेर अग्रभागमा खटेर कार्य सम्पादन गरिरहेका स्वास्थ्यकर्मीलाई लक्षित गरी ‘फ्रन्टलाइनर पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस ’ योजना ल्याएको क्यापिटलले जनाएको छ ।

उक्त योजना अन्तर्गत मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्कमा ५० प्रतिशत र एक्जिटमा ५० हुने बताइएको छ ।

तपाई राष्ट्रको हेरचाह गर्न व्यस्त हुनुहुन्छ, हामी तपाईको पोर्टफोलियोको हेरचाह गर्नेर्छौं भन्ने नारा दिइएको योजनाको विशेषताहरुमा तोकिएको स्टाफबाट ग्राहकको माग अनुसार साप्ताहिक/मासिक रिपोर्टिङ हुने, न्यूनतम लगानी मूल्य ३ लाखमा २० देखि २५ प्रतिशत प्रतिफल अपेक्षित तथा वित्तीय सल्लाह र मार्गदर्शन प्रदान हुने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ माघ २०७८, आइतबार  १७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।