एलआईसी, ज्योति लाइफ र जानकी फाइनान्सको सेयरमूल्य समायोजन

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स र जानकी फाइनान्सको सेयरमूल्य समायोजन भएको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि माघ २४ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्न लागेका तीनवटै कम्पनीको आइतबारको सेयर कारोबार समयपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

नेप्सेका अनुसार एलआईसीको समायोजित सेयरमूल्य १९४३.२२ रुपैयाँ, ज्योति लाइफको ६५० रुपैयाँ र जानकी फाइनान्सको समायोजित सेयरमूल्य ५८८.७८ रुपैयाँ तोकिएको छ । सोमबार तीनवटै कम्पनीको समायोजित सेयरमूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ ।

स्टकका अनुसार एलआईसीको चुक्ता पूँजीको २० प्रतिशत, ज्योति लाइफको १० प्रतिशत र जानकी फाइनान्सको १५ प्रतिशत बोनस समायोजनपछि सेयरमूल्य तोकिएको हो । आइतबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर तीनवटै कम्पनीको समायोजित सेयरमूल्य निर्धारण गरिएको छ ।

एलआईसीको आइतबार प्रतिकित्ता २३३२ रुपैयाँ, ज्योति लाइफको प्रतिकित्ता ७१५ रुपैयाँ र जानकी फाइनान्सको ६७७.१० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

यसअनुसार आइतबारसम्म कायम सेयरधनीले मात्रै तीन वटै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ माघ २०७८, आइतबार  १८ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।