साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । सरकारले चुनाव घोषणा गर्ने तयारी गरेपछि आइतबार ४० अंक बढीले घटेको नेप्से सोमबार दोहोरो अंकले बढेको हो ।
कारोबारको ११ मिनेटसम्म घटेको सूचक त्यसपछि बढेर साढे ११ बजेसम्म बढेको फेरि पौने १२ बजेपछि सूचक उकालो लाग्न थालेको थियो ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयरमूल्य बढेर सर्वाधिक कारोबार भएको छ ।
उर्जा मन्त्रालयले निफ्राको सहायक कम्पनीलाई भारत लगायतका छिमेकी मुलुकहरुमा विद्युत बिक्री गर्नका लागि अनुमति दिने प्रकृया अगाडि बढाप्छि कम्पनीको सेयरमूल्य बढ्दै कारोबार रकम समेत बढ्दै आइरहेको छ । सोमबार सबैभन्दा धेरै सेयरमूल्य बढ्ने र उच्च कारोबार हुने दुबैमा निफ्रा अगाडि रहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर बजार सूचक मापक नेप्से सूचक ०.५५ प्रतिशत अर्थात १५.७१ अंकले बढेर २८५१.८८ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले बढेर ५३५.३२ बिन्दुमा पुगेको छ ।
सोमबार कूल २२४ वटा कम्पनीको ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रूपैयाँ बराबरको कारोबार भएको छ । यसदिन कुल ९५ लाख १२ हजार ५८० कित्ता सेयर ६६ हजार ११३ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ३० अर्ब ७५ करोड ९६ लाख ६० हजार रूपैयाँ बराबर पुगेको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहगत सूचक बढेको छ भने ३ वटा घटेको छ । निफ्राको सेयरमूल्य बढेसँगै लगानी सूचक सबैभन्दा धेरै ३.०६ प्रतिशत बढेको छ । यस्तै अन्य सूचक २.४१ प्रतिशत बढ्दा बढेका अरु सूचक पनि एक प्रतिशतभन्दा कमले बढेको छ । बैंकिङ्ग, होटल, र लघुवित्तको सूचक सामान्य घटेको छ ।
- निफ्राले पाँचखाल स्मार्ट सिटीको अध्ययन अमेरिकन कम्पनीबाट गराउने
- निफ्रालाई विद्युत् बेच्न अनुमति दिने विषयको सकारात्मक छलफलले सेयरमूल्यमा सर्किट
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयरमूल्य सर्वाधिक सेयरमूल्य ८.४२ प्रतिशतले बढेर ४१२ रूपैयाँ पुगेको छ । छ्याङ्दी हाइड्रोपावर ६.८३ प्रतिशत, राष्ट्रिय बीमा कम्पनी संस्थापक ५.५५ प्रतिशत, सानिमा लाइफ इन्स्योरेन्स ५.०४ प्रतिशत, नेशनल हाइड्रोपावर ४.६६ प्रतिशत, बोटलर्स नेपाल तराई ४.६१ प्रतिशत, नेपाल हाइड्रो डेभलोपर ४.१७ प्रतिशत, एचआईडिसीएल ३.९१ प्रतिशत, युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावर ३.९१ प्रतिशत र ज्योति लाइफ इन्स्योरेन्स ३.८५ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले सेयर बजार बढेपनि सोमबार बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै ४.५७ प्रतिशतले घटेर ६६८ रुपैयाँमा झरेको छ । यस्तै सर्पोट माइक्रोफाइनान्सको ३.७१, साहस उर्जा कम्पनी, विन लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सिईडिबी हाइड्रोपावरको २ प्रतिशत बढीले सेयरमूल्य घटेको छ । मिथिला लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड १, प्राइम डिबेञ्चर २०८५ र सामुदायिक लघुवित्तको पनि करिब २ प्रतिशतले मूल्य घटेको छ ।
सर्वाधिक कमाउने मात्र होइन आज कारोबारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) अब्बल ठहरिएको छ । बैंकको १२ लाख २७ हजार २८० कित्ता सेयर ४९ करोड ३४ लाख ४९ हजार ८४० रूपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै नेशनल हाइड्रोपावर २७.६६ करोड, अरुण भ्याली हाइड्रोपावर २५.१६ करोड, नेपाल टेलिकम २४.४८ करोड, नेपाल लाइफ इन्स्योरेन्स २३.३० करोड, एचआईडिसीएल २१.४४ करोड, अपि पावर १७.६० करोड, अपर तामाकोशी १३.४६ करोड, नेपाल हाइड्रो डेभलोपर कम्पनीको ११.३५ करोड र अरुण काबेली पावर १०.६८ करोडको सेयर खरीद बिक्री भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया