सिटिजन्सको शाखा रहित बैंकिङ्ग सेवा ललितपुरको सुबानेमा

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले ललितपुर जिल्लाको वाग्मती गाउँपालिका, सुबानेमा यहि माघ २२ गतेबाट ९१ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । शाखा रहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन बैंकले विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जा समेत वितरण गरेको छ । यसबाट आगामी दिनमा यस क्षेत्रका बासिन्दाले अझ बढी फ्mाईदा लिन सक्नेछ भन्ने बैंकले आशा गरेको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९१ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १३ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।