इसेवामा नबिल बैंक र एभरेष्ट बैंकको खाता लिंक गर्दा १०० रूपैयाँ बोनस

0
Shares

मोबाइल वालेट इसेवामा आफ्नो अकाउन्ट लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने भएको छ । नबिल बैंक र एभरेष्ट बैंकको खाता इसेवामा लिंक गर्दा १०० रूपैयाँ क्यासब्याक पाइने भएको हो ।

नबिल बैंकका लागि यो अफर मार्च ३ सम्म लागू हुनेछ भने एभरेष्ट बैंकका लागि फेब्रुअरी १४ सम्म यो अफर लागू हुनेछ । यसमा एक पटक मात्रै सहभागी हुन सकिने छ ।

इसेवा नेपालको पहिलो र लोकप्रिय मोबाइल वालेट हो । यसबाट विभिन्न सेवाको भुक्तानी अनलाइनबाट गर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ माघ २०७८, सोमबार  २० : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।