समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद फागुन ८ गतेदेखि

0
Shares

समृद्धि फाइनान्स कम्पनी लिमिटेड (SFCL) ले फागुन ८ गतेदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले २ः१ को अनुपातमा अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

यस हकप्रदमा पुस ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सेयर कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । किनभने फाइनान्सले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पुस ११ गते आइतबार एक दिन बुकक्लोज गरेको थियो ।

हकप्रदमा फागुन ८ देखि २९ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । मेरो सेयरको मोबाइल एप, वेवसाइट, बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल मार्केट नक्साल तथा समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

हकप्रद जारी गर्न कम्पनीले गराएको साख मूल्याङ्कनमा कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर सिंगल सी रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्था वित्तीय दायित्व पूरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ ।

कम्पनीको हकप्रदमा सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले रहेको छ ।

हाल ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको ५० प्रतिशत हकप्रद बिक्रीपछि ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७८, मंगलबार  ०९ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।