
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँको कुल ७.३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ७ करोड ७५ लाख ९८ हजार २५९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशतले हुन आउने ४० लाख ८४ हजार ११९ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।
प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।
अघिल्लो आव २०७६/७७ बाट कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्ताे छ लाभांश इतिहास:-
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2076/2077 | 8.00 | 0.42 | 8.42 |
| 2 | 2074/2075 | 0.00 | 0.00 | 0.00 |
| 3 | 2073/2074 | 20.00 | 1.05 | 21.05 |
| 4 | 2072/2073 | 20.00 | 1.05 | 21.05 |
| 5 | 2071/2072 | 10.00 | 0.00 | 10.00 |
| 6 | 2069/2070 | 8.00 | 0.00 | 8.00 |
| 7 | 2068/2069 | 25.00 | 0.00 | 25.00 |
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया