साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचक बढेर पुनः २ हजार ९०० बिन्दु माथि उक्लिएको छ ।
सरकारले सरकारले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि नेप्सेमा उछाल आएको हो ।
निर्वाचनको समयमा हुने खर्चले बैंकिङ्ग प्रणालीमा तरलता अभावको समस्या हट्ने तथा चुनावी वर्षमा सेयर बजारमा आउने उछालका कारण सेयर बजार माथि जाने आंकलनका साथ बजारमा लगानीकर्ताको प्रवेशले नेप्से बढेको हो । कारोबारको ५ मिनेट अवधिमा नेप्से ६९ अंकले बढेर २९२१ अंकमा पुगेको हो ।
सरकारले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेपछि आज प्रि-ओपनिङमा सेसनमा नेप्से सूचक २४.७० अंकले बढेर २८७७.५८ बिन्दुमा पुगेको थियो ।
स्थानीय तह निर्वाचन घोषणाले नेप्सेमा उछाल, प्रि ओपनिङ्गमै २५ अंकले बढ्यो नेप्से
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया