ङादी ग्रुप पावर र लिवर्टी इनर्जी कम्पनी लिमिटेड दुबैले प्रगतिउन्मुख वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
ङादीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा २९.५१ प्रतिशतले नाफा बढाउँदै ३ करोड ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
ङादी ग्रुप पावरको विद्युत बिक्रीबाट हुने आम्दानी पनि २८.६१ प्रतिशतले बढेपछि खुद नाफा पनि बढेको हो । कम्पनीले ७ करोड ५६ लाख रुपैयाँ विद्युत बेचेर आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चुक्ता पूँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको ङादीको वार्षिक प्रतिसेयर आम्दानी १०.५८ रुपैयाँ छ । रिटेन्ड अर्निङमा ४ करोड ४७ लाख रुपैयाँ सञ्चित रहँदा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.३३ रुपैयाँ छ ।
उता लिवर्टी इनर्जी कम्पनीले पनि नोक्सानजी घटाएको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनी १ करोड ३९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत आवको यसै अवधिमा कम्पनी २ करोड ९१ लाख रुपैयाँ नोक्सानीमा थियो । कम्पनीले हालसम्मसम्म विद्युत उत्पादन नगरेकाले आम्दानी गरेको छैन ।
चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १.८६ रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीको जगेडा कोष १६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक छ । जगेडा नोक्सीमा गएसँगै कम्पनीको प्रतिसेयर नेटवर्थ अंकित मूल्यभन्दा ११ रुपैयाँ कम अर्र्र्थात ८९.०१ रुपैयाँमा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया