कुमारी बैंकको १० लाख ७७ कित्ता संस्थापक सेयर लिलाम बढाबढमा

0
Shares

कुमारी बैंक (KBL) ले १० लाख ७७ हजार २३९ कित्ता संस्थापक सेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको छ । 

मिलन इन्भेष्टमेन्ट कम्पनीको नाममा रहेको उक्त संस्थापक सेयर बैंकले बिक्री गर्ने भएको हो । याे सेयर खरीका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

सूचनामा न्यूनतम मूल्य खुलाइएको छैन । यसकारण अंकित मूल्यबाटै प्रतिप्रस्धात्मक मूल्यमा आवेदन दिन सकिनेछ भने सबैभन्दा धेरै कबुल गर्नेले सेयर पाउनेछ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने हुन्छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा आवेदन गर्न सक्नेछन् ।

सो मितिमा विद्यमान संस्थापकबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

जानकी फाइनान्सले ५१ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

जानकी फाइनान्स कम्पनी लिमिटेड (JFL) ले ५१ हजार ३५ कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ ।

फाइनान्सको संस्थापक सेयरधनी मनोज कुमार शाहले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले बिक्रीमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले पहिलो चरणमा संस्थापक सेयर खरिद गर्न सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको कम्पनी सचिव कार्यालयमा निवेदनसहित सम्पर्क गर्न आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।