सुन तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य स्थीर

0
Shares

बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाला सुन तोलको ९३ हजार ४०० रुपेयाँ र तेजावी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य स्थीर बनेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँ कायम गरिएको छ । चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

बुधबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर कारोबार भएको थियो ।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८३४ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.२८ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७८, बिहिबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।