डिशहोमले ल्यायो ६०० एमबीपिएस स्पीडको इन्टरनेट

0
Shares

डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ ।

डिशहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको हो ।

नेपालमा नै पहिलो पटक लेटेस्ट वाइफाइ टेक्नोलोजीको वाइफाई ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड इन्टरनेटको मज्जा लिन सक्नेछन् ।

डिशहोमले ल्याएको वाइफाई ६ राउटर अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा फास्टार स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।