बजारमा सुनचाँदीको माग बढ्यो, एक सातामा नै सुनको मूल्यमा १ हजार ५०० ले वृद्धि

0
Shares

माघ महिना समाप्त हुनै लाग्दा नेपाली बजारमा सुनचाँदीको माग बढ्न थालेको छ । कोरोनाको जोखिम हटेसंगै अहिले बजारमा सुनचाँदीको माग आयात भन्दा दोब्बर हुन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष मणिक रत्न शाक्यका अनुसार माघ महिनाको पहिलो दास्रो हप्तामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको क्रासले माग घटेपनि फागुनमा हुने बिबाहका लागि माग बढेको हो ।

शाक्यका अनुसार हाल नेपालमा दैनिक ३५ किलो सुन र चाँदी ३२० देखि ४०० केजी सम्म चाँदीको माग रहेको छ । तर नेपालमा औपचारीक रुपमा दैनिक २० किलो सुन आयात हुने गरेको छ चाँदी दैनिक १२० किलो मात्र आयात भइरहेको महासंघले जनाएको छ । यसअघि विवाहको सिजन पर्ने महिना अर्थात गत मंसिर महिनामा दैनिक ५० किलो बराबर सुनको माग भएको अध्यक्ष शाक्यले बताएका छन् ।

विशेषगरी मंसिर,माघ, फागुन महिनामा विवाहको लगन पर्ने भएकाले अन्य समयको भन्दा बढी ब्यापार हुन्छ । महासंघका अनुसार सुनचाँदी व्यवसायमा २५ हजार व्यवसायी आबद्ध रहेका छन् । भने २ लाख कामदार तथा कालिगढ छन् । यस्तै यस व्यवसायमा १५ लाख जनसंख्या यस व्यवसायमा आश्रित रहेका छन् ।

सातामा सुनको मूल्य प्रतितोला १ हजार ५०० ले बढ्यो
नेपाली बजारमा एक साता अवधिमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ भन्दा बढीले वृद्धि भएको छ । महासंघका अनुसार आइतबारदेखि शुक्रबार सम्म आइपुग्दा सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेको हो । गत आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजावी सुन ९२ हजार रुपैयाँमा कारेबार भएको थियो ।

यस्तै सुन संगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार देखि शुक्रबार सम्म आइपुग्दा चाँदी तोलामा ३० रुपैयाँले बढेको हो । आइतबार चाँदी प्रतितोला २ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबारको तुलनामा सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थीर रहेको छ । महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८० रुपैयाँ कायम गरिएको छ । 

बिहीबार छापावाला सुन तोलामा ९३ हजार ९०० रुपैयाँ, तेजावी सुन ९३ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।