बेमौसममा परेको पानीका कारण आलु उत्पादनमा कमी आउने

0
Shares

जिल्लामा यसवर्ष आलुको उत्पादन घट्ने भएको छ । बेमौसममा परेको पानीका कारण आलु उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार जिल्लाको एक हजार ९५९ हेक्टर क्षेत्रफलमा आलु लगाइएकामा ३५ हजार ७३२ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको छ ।

गतवर्ष सोही क्षेत्रफलको जमिनमा ३७ हजार ६१३ मेट्रिकटन आलु उत्पादन भएको थियो । गतवर्ष १९ दशमलब दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा यसवर्ष उत्पादकत्व घटेर १८ दशमलब २४ मेट्रिकटनमा आउने अनुमान गरिएको उनले जानकारी दिए । आलुमा पछौटे डडुवा रोगसमेत रहेकाले उत्पादनमा कमी आउने देखिएको हो ।

सूचना अधिकारी पुनले भने, “आलु थन्काउने समयमा चिसो बढेसँगै पानी परेर आलु उत्पादनमा समस्या आयो । ”जिल्लामा विशेष गरी आलुखेती पूर्वी चितवन, भरतपुर महानगरपालिका र माडी क्षेत्रमा बढी हुने गरेको छ । आलु थन्काउने समयमा पानी परेकाले बारीमा रहेको आलु कुहिने समस्या हुने उनले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।