‘खल्ती’ बाटै काठमाडौं महानगरपालिकाको कर तथा राजश्व भुक्तानी गर्न सकिने

0
Shares

‘खल्ती’ बाटै काठमाडौं महानगरपालिकाको कर तथा राजश्व भुक्तानी गर्न सकिने भएको छ । अब ’खल्ती’ डिजिटल वालेटको सहायताबाट घरमा नै बसेर अनलाईन मार्फत कर तिर्न सकिने भएको हो । यो सुविधा उपलब्ध भए लगत्तै कर दाताहरूले काठमाडौँ महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै: जग्गा, घर, भाडा, सवारी, साधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सक्ने ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले जनाएको छ ।

यस सेवाका बारे थप बोल्दै खड्काले भने, “स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत् नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुनेछ कुरामा हामी विश्वस्त छौं । साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा हामीले राखेका छौं ।”

करदाताले कसरी भुक्तानी गर्न सक्ने छ ?

१ यो सुविधा लिनुपुर्व करदाताले ttps://eservice.kathmandu.gov.np मा गएर आवश्यक पर्ने सम्पूर्ण विवरण दाखिला गरी करदाता पोर्टलमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।

२ दर्ता भई सकेको खण्डमा आफ्नो आफ्नो युजर नाम र पासवर्ड दाखिला गरि लग–इन गर्न सकिनेछ।

३ करदाता पोर्टलमा लग इन गरे पश्चात करदाताको विवरण प्राप्त हुनेछ ।

४ आफूले तिर्ने करको छनोट गरेर कर मुल्यांकन हुनेछ।

५ सम्पूर्ण विवरण सहि भए भुक्तानी विकल्पहरूमा खल्ती छनौट गरेर प्रक्रिया पूरा गर्न सक्नेछन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।