डीडीसी निर्णयमा निजी डेरीको असहमती, दुधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

0
Shares

निजी डेरी उद्योगीहरुले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले तोकेको मूल्यमा असहमती जनाउँदै नयाँ मूल्य तोकेका छन् । डेरी उद्योग संघ रनेपाल डेरी एशोसिएनले शुक्रबार काठमाण्डौको एक होटलमा पत्रकार सम्मलेन गर्दै फागुन एक गतेबाट लागु हुने गरी नयाँ मूल्य तोकेका हुन् ।

डीडीसीले आजबाट लागू हुने गरी प्रशोधित दूध प्रति प्याकेटको ४२.५० पैसा कायम गरेको थियो । तर निजी डेरी उद्योगिहरुले उक्त मूल्यमा असहमती जनाउँदै मूल्य बढाएर ४३ रुपैयाँ पुर्याएका हुन् ।

डीडीसीको बुधबार बसेको संचालक समितिले बिहीबार एक पत्रकार सम्मेलन गर्दै आजबाट लागु हुने गरी दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको थियो । डेरी संघका अनुसार कृषि तथा सहकारी मन्त्रालयले डीडीसीलाई प्रशोधित दूधको मूल्य निर्धारण गर्न जिम्मेवारी दिए अनुसार सो निर्णय नभएपछि उक्त मूल्यमा असहमति जनाउँदै निजि डेरी उद्योगीहरुले दुधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएका हुन् ।

निजी डेरी उद्योगहरुले किसानबाट दूध खरिद गर्दा पनि डीडीसीले दिने भन्दा बढी मूल्यमा खरिद गर्ने गरेको जनाउँदै ४ प्रतिशत फ्याट ८ प्रतिशत एसएनएफ रहेको कच्चा दूधको मूल्य ५३.४५ बाट वृद्धि गरी ६२ रुपैयाँ पु¥याएको डेरी उद्योग संघले जनाएको छ । डेरी उद्योग संघका अनुसार यस क्षेत्रमा ५ लाख कृषक परिवार आवद्ध छन् भने ३० हजार भन्दा बढी मानिसले उद्योग स्तरमा प्रत्यक्ष रोजगारी पाएका छन् ।

भने यस क्षेत्रबाट वार्षिक २ अर्ब भन्दा बढी राजस्व सरकारलाई बुझइन्छ । यसका साथै यस क्षेत्रबाट दैनिक ६ करोड भन्दा बढी रकम शहरबाट गाउँ प्रवाह भइरहेको संघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।