त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब ५ हजार ग्राम सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
अवैध रुपमा ल्याउँदै गरेको करिब ४ हजार ८४० ग्राम सुन जस्तो देखिने उक्त पदार्थ सहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक ३६ वर्षीय चिनियाँ नागरिक झाङ लिला पक्राउ परेका हुन् ।
उनलाई अवैध रुपमा ल्याउँदै गरेको सुन सहित विमानस्थलबाट शनिबार पक्राउ गरिएको हो ।
हिमालय एयरको उडानद्वारा काठमाण्डौं आएका झाङलाई विमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा ४ वटा पोकामा भित्री पोशाक भित्र लुकाई ल्याएको उक्त पदार्थ फेला पारी पक्राउ गरिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया