एलआईसी नेपालको नाफा घट्यो, ६ महिनामा पौने ८ करोड आर्जन

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड (LICN) को खुद नाफा ३३.५१ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ११ करोड ५६ लाख नाफा आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीले ९ अर्ब ५८ करोड ६ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ९ अर्ब ५६ करोड ५२ लाख ८१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा ०.१६ प्रतिशतले बढेको हो । समीक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ३ अर्ब ४ करोड रुपैयाँ र पुर्नबीमा कमिशन वापत ५८ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको जीवन बीमा कोष १६.४९ प्रतिशतले बढेर ८३ अर्ब ५९ करोड ११ लाख रुपैयाँ पुगेको छ भने जगेडा तथा कोषमा १ अर्ब २३ करोड रुपैयाँ सञ्चित रहेको छ । गत आवको यसै अवधिमा जीवन बीमा कोषमा ७४ अर्ब २४ करोड रुपैयाँ र जगेडा तथा कोषमा ६३ करोड ४० लाख रुपैयाँ सञ्चित थियो ।

कम्पनीको वार्षिका प्रतिसेयर आम्दानी ३.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७१.३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६२२.४३ गुणा छ । दोस्रो त्रैमाससम्म कम्पनीले १० हजार २४३ वटा संख्यामा परेका दाबी वापत ५ अर्ब २९ करोड ८४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यस्तै ३४ करोड ९३ लाख ४५ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीले व्यवस्थापन खर्च ५ करोड ५३ लाख घटाएर ३३ करोड ४ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७८, आइतबार  १४ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।