साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा भारी गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाले फागुन १ गतेदेखि लागू हुनेगरी ब्याजदर बढाएपनि बजार प्यानिक भएको हो । कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक भएपछि नेप्सेमा उच्च अंकको गिरावट आएको छ ।
आइतबार २२७ कम्पनीका १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर ८१ ह्जार ८३७ वटा संख्या खरीद बिक्री भएका छन् । कुल कारोबार रकम ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँ रहेको छ ।
सबै कम्पनीहरुको सेयरमूल्य घट्दा सामुहिक लगानी कोषका पाँच इकाईहरुको मूल्य भने आज बढेको छ । एनआईबिएल समृद्धि फण्ड २, सनराइज ब्लूचिप फण्ड, एनआईबिएल समृद्धि फण्ड ३, मेगा म्युचुअल फण्ड १, र लक्ष्मी उन्नति कोषको इकाईमूल्य बढेको हो ।
उता ३३ करोड बढी नोक्सनी ब्यहोरेको वित्तीय विवरण सार्वजनिक भएपछि अपर तामाकोशी सेयरमूल्य आज सर्वाधिक ८.३७ प्रतिशतले घटेर ६४६ रुपैयाँमा झरेको छ ।
यस्तै नारायणी डेभलपमेन्ट बैंक ८.२६ प्रतिशत, शिवश्री हाइड्रोपावर ७.७५, विन नेपाल लघुवित्त ७.५९ प्रतिशत र बुद्धभुमी हाइड्रोपावरको सेयरमूल्य ७.७२ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक ७.७.२९ प्रतिशत र पन्चकन्या माई हाइड्रोपावर ७.०५ प्रतिशतका दरले घटेको छ । यसदिन शिवम् सिमेन्टका लगानीकर्ताले ६.९८ प्रतिशत, सामलिङ्गपावर ६.९७ र सिईडिबी हाइड्रोपावरका लगानीकर्ताले पनि ६.८३ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबारमा आएको १३ उपसमुहगत सूचकमध्ये जलविद्युत सर्वाधिक ५.४७ प्रतिशतले घटेको छ भने लगानी ५.०३ प्रतिशतले घटेको छ । फाइनान्स र उत्पादन साढे ४ प्रतिशत अधिक घट्दा निर्जीवन बीमा र विकास बैंक पनि ४ प्रतिशत बढीले घटेका छन् । जीवन बीमा, होटल, लघुवित्त र अन्य ३ प्रतिशत बढी तथा बैंकिङ्ग र ब्यापार २ प्रतिशत बढीले घटेको छ । सबैभन्दा कम घटेको म्युचुअल फण्ड ९.९५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा अपर तामाकोशीको सबैभन्दा धेरै ३२.८४ करोड रुपैयाँको सेयर कारोबारमा आएको छ । अरुण भ्याली २८.३९ करोड, निफ्रा २५.३३ करोड, नेशनल हाइड्रोपावर २५.२८ करोड, अपि पावर २१.४७ करोड, नेपाल टेलिकम १८.७८ करोड, एचआईडिसीएल १६.८८ करोड, नेपाल लाइफ १४.४६ करोड, एनआईसी एशिया बैंक १४.४३ करोड र दशौं ठूलो कारोबार भएको हिमालयन डिष्टिलरीको सबैभन्दा कम १३.४७ करोडको सेयर कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया