नेप्सेमा चार बैंक सहित एकैदिन ६ कम्पनीको ३ करोड ७६ लाख बोनस सेयर सूचीकृत

0
Shares

नेप्सेमा सूचीकृत ६ कम्पनीको ३ करोड ७६ लाख ८० हजार ७४१ दशमलव ७१९० कित्ता बोनस सेयर फागुन १ गते आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार एकैदिन गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट वितरण गरेका ६ कम्पनीको बोनस सेयर आइतबार सूचीकृत भएको हो ।

जसअनुसार नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको चुक्ता पूँजीको ८ प्रतिशत बोनस बराबरको ८२ लाख ५१ हजार ६१३ दशमलव ३४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

यस्तै बैंक अफ काठमाण्डू लिमिटेडको चुक्ता पूँजीको १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार १७६ दशमलव ४२९० कित्ता र मुक्तिनाथ विकास बैंक लिमिटेडको चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस बापतको ८४ लाख ५६ हजार ३०० दशमलव ५३ कित्ता सेयर पनि आजै नेप्सेमा सूचिकृत भएको छ ।

यसैगरी लुम्बिनी विकास बैंक लिमिटेडको चुक्ता पूँजीको १३ प्रतिशत बोनस बापतको ३७ लाख ७८ हजार ३८९ दशमलव ६१ कित्ता सेयर र आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको चुक्ता पूँजीको १० प्रतिशत बोनस बापतको १० लाख २८ हजार ४९४ कित्ता सेयरपनि सूचीकृत भएको छ ।

त्यसैगरी आइतबार नै हिमालयन डिस्टिलरी लिमिटेडको चुक्ता पूँजीको ७५ प्रतिशत बोनस बापतको ६५ लाख ७ हजार ७६७ दशमलव ८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।

आइतबार सूचीकृत सबै ६ वटै कम्पनीको बोनस सेयर साधारण सभाका लागि तोकिएको सेयर दाखिल खारेजी (बुकक्लोज) मितिसम्म कायम रहेका सम्बन्धीत सेयरधनीले डिम्याट खातामा आउनसाथ सोमबारबाटै धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७८, आइतबार  १८ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।