हिमालयन जनरलको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह नियुक्त

0
Shares

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजय बहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।  नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनीले उनलाई २०७८ फागुन १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरेको हो । नवनियुक्त सीईओ शाहले आजैदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

पदभारपछि शाहले भने, “हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु । वास्तवमा भन्नुपर्दा हिमालयन जनरल इन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ । यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै इतिहास बनाएको छ ।”

आफ्नो स्पष्ट उद्धेश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको कम्पनीलाई आफ्नो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने उनले प्रण गरेको शाहले बताए । उनको कार्यकालमा यस कम्पनीले निर्जीवन बीमाका ग्राहकहरुलाई पारदर्शी सेवा प्रदान गरि व्यवसायिक छवीलाई बलियो बनाउँदै भविष्यको लागि बलियो आधार खडा गर्न सफल भएको थियो ।

हिमालयन जनरल इन्स्योरेन्समा आवद्ध हुनुभन्दा अघि विजय शाह नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए । उनले उक्त कम्पनीमा ४ वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गर्दै कम्पनीलाई सकरात्मक छवी दिएका थिए ।

यसअघि हिमालयन जनरल इन्स्योरेन्समा २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आएका सुशील बज्राचार्यले ६.५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरेका थिए ।

हिमालयन जनरल इन्स्योरेन्सका संचालक समितीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले भने, “बीमा क्षेत्रमा वहाँँको राम्रो अनुभव र बुझाई छ । वहाँँको कार्यकालमा नेपाल सरकारको लक्ष्य अनुरुप निर्जीवन बीमाका ग्राहकहरुलाई बढी भन्दा बढी सेवा प्रदान गर्दै यस उद्योगलाई नै उचाईमा पु¥याउन उहाँँको उल्लेखनीय योगदान रहनेछ ।”

शाहबाट निर्जीवन बीमाको क्षेत्रमा यस कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका निर्वाह हुने र समस्त बीमा क्षेत्रकै स्तरोन्नती हुनेमा सञ्चालक समिती विश्वस्त रहेको श्रेष्ठले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७८, आइतबार  १८ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।