सुनको मूल्य एकैदिन १ हजार ६०० रुपैयाँले घट्यो

0
Shares

सुनको मूल्य बुधबार नेपाली बजारमा १ हजार ६०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ हजार २०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार भने घटेको हो ।

छापावाला सुनको मूल्य बुधबारका लागि प्रतितोला ९५ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।
मंगलबार छापावाला सुन तोलाको ९६ हजार ७०० रुपैयाँ र तेजावी सुन ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनसंगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८५३ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.३५ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७८, बुधबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।