अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन एमसीसी सांसदबाट पारित गर्ने योजना सहित आज टेबुल हुने खबरले मंगलबार अर्धशतक बढीले बढीको नेप्से बुधबार प्रस्ताव टेबुल नभएपछि पुनः दोहोरो अंकले घटेको छ ।
बुधबार नेप्से सूचक ०.७२ प्रतिशत अर्थात १९.८४ अंकले घटेर २७३४.४४ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको सेयर मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४७ अंकले बढेर ५१८.६६ बिन्दुमा पुगेको छ ।
कारोबार खुलेदेखि नै बुधबार घट्न थालेको बजारमा दिनभरमा कूल २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता सेयर ३९ हजार ६६८ वटा संख्यामा खरिद बिक्री हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँको कारोबार भएको छ । मंगलबार ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँको कारोबार भएको थियो ।
स्टक एक्सचेञ्जका अनुसार आज कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये अन्य र जीवन बीमा बाहेक सबै घटेका छन् । जलविद्युत कम्पनीको सबैभन्दा धेरै २.१८ प्रतिशतले घटेको छ । एमसीसी टेबुल नभएपछि मंगलबार बढेको सूचक बुधबार नै उसैगरी घटेको हो ।
यस्तै अन्य ०.४४ प्रतिशत र जीवन बीमा ०.१४ प्रतिशतले बढेको छ । ब्यापार १.४७, होटल १.०८, विकास बैंक १.८४, फाइनान्स १.८१, उत्पादन १.३६ र लगानी १.३६ प्रतिशतले घटेको छ ।
आज अपि पावरको सर्वाधिक २१.१४ करोडको कारोबार भएको छ । यस्तै नेशनल हाइड्रोपावर कम्पनीको १७.७८ करोड, अरुण भ्याली हाइड्रोपावर १६.०८ करोड, नेपाल टेलिकम १४.८८ करोड, युनाइटेड इन्स्योेरेन्स १३.२५ करोड, हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडको ९.०१ करोड, जीवन विकास लघुवित्त ८.९९ करोड, निफ्रा ८.२३ करोड, एचआईडिसीएल ७.२६ करोड र अपर तामाकोशी हाइड्रोपावरको ७.२५ करोडको सेयर कारोबारमा आएको छ ।

बुधबार गुराँस लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ३.४४ प्रतिशत, ज्योति लाइफ इन्स्योरेन्सको ३.२३ प्रतिशत, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड २.८७ प्रतिशत, युनाइटेड इन्स्योरेन्स २.७९ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य २.७२ प्रतिशतले बढेको छ ।
यसदिन बुद्दभुमी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.६९ प्रतिशतका दरले गुमाएका छन् । कम्पनीको सेयरमूल्य ३९ रुपैयाँले घटेर ६४६ रुपैयाँमा झरेको छ ।
यसैगरी मैलुङ्गखोला जलविद्युतको ५ प्रतिशत, सिंगटी हाइड्रोपावर ४.६९ प्रतिशत, सिइडीबी हाइड्रोपावरको ४.०३ प्रतिशत र शिवश्री हाइड्रोपावरको ३.८५ प्रतिशतले मूल्य घटेको छ ।
सूचक घटेसँगै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण पनि घटेर ३८ खर्ब ७३ करोड ३ लाख ९९ हजार रुपैयाँमा संकुचित भएको छ । हिजो ३८ खर्ब ९२ करोड ७६ लाख ६ हजार रुपैयाँमा बुधबार एकैदिन १९ अर्ब ७२ करोडले घटेको नेप्सेले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया