मुद्रास्फीति अपेक्षा सर्वेक्षणको नतिजाः आगामी तीन महिना औसत ८% रहने

0
Shares

आगामी तीन महिनाको लागि औसत मुद्रास्फीति दर ८ प्रतिशत रहने अनुनमान गरिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षण (आईएस) को नतिजाले यस्तो देखाएको हो।

जुन वर्तमान मुद्रास्फीति दर १० प्रतिशत भन्दा कम हो । एक वर्ष अगाडि गरिएको सर्वेक्षणमा मुद्रास्फीति दर १० प्रतिशत रहेको थियो जुन अहिलेको दरसँग समान छ ।

आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमास लक्षित सर्वेक्षण २०७८ को पुस २१ देखि २७ सम्म १७ सहरमा अवस्थित बजार क्षेत्रमा गरिएको थियो । कुल ७२० जनामा गरिएको सर्वेक्षणमा ९१.९ प्रतिशतले आगामी तीन महिनामा उपभोग्य सामग्री तथा सेवाको मूल्य वृद्धि हुने अनुमान गरेका छन् । त्यसै गरी ९७.१ प्रतिशतले आउँदो वर्षमा सेवा तथा सामग्रीको मूल्य बढ्ने अनुमान गरेका छन् ।

तीन महिनामा मूल्य वृद्धि के–कति हुने भनी गरिएको सर्वेक्षणमा दाल, गेडागुडी, चिनी, खुर्सानी, माछा, मासु, दुग्ध जन्य पदार्थ, घीउ, तेल, पीय पदार्थ, सुर्ती जन्य पदार्थ, होटल, रेष्टुरेन्ट र जग्गा तथा घरको मूल्यमा गत असोजमा गरिएको सर्वेक्षणमा भन्दा कमी आएको छ । सर्वेक्षणमा प्राप्त डाटाले तत्कालीन मूल्य स्थिर रहने सङ्केत गरेको छ ।

वार्षिक रुपमा मूल्य वृद्धि कतिले हुने भनी गरिएको सर्वेक्षणमा पनि दाल, गेडागुडी, चिनी, खुर्सानी, माछा, मासु, दुग्ध जन्य पदार्थ, घीउ, तेल, पीय पदार्थ, सुर्ती जन्य पदार्थ, होटल, रेष्टुरेन्ट र जग्गा तथा घरको मूल्यमा गत असोजमा गरिएको सर्वेक्षणमा भन्दा कमी आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।