आइएमई जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव

0
Shares

आइएमई जनरल इन्स्योरेन्स कम्पनी (IGI) ले आर्थिक वर्ष २०७७/०७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको फागुन ५ गते अपरान्ह ३:३० बजे बसेको संचालक समितिको ११२ औं बैठकले ७ प्रतिशत बोनस सेयर तथा बाेनसकाे कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीद्धारा प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति तथा कम्पनीको २४ औं वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात मात्र लगानीकर्तालाई वितरण हुनेछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब १५ करोड ७५ लाख ८६ हजार रूपैयाँको ७ प्रतिशतका दरले हुन आउने ८ करोड १० लाख ३१ हजार २० रुपैयाँ बरावरको बाेनस सेयर एवं उक्त बाेनस सेयरमा लाग्ने कर वापत चुक्ता पूँजीको ०.३७ प्रतिशतले हुन आउने रकम ४२ लाख ६४ हजार ७९० रूपैयाँ वितरण गर्नेछ ।

प्रस्तावित ८ कराेड १० लाख ३१ हजार २० रूपैयाँ बाेनस सेयर वितरणपछि आइएमई जनरलकाे चुक्ता पूँजी १ अर्ब २३ कराेड ८६ लाख १७ हजार २० रूपैयाँ पुग्नेछ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।