धितोपत्र बोर्डले साढे चार महिना पछि नेतृत्व पायो, रमेश हमाल अध्यक्ष नियुक्त

0
Shares

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

बुक बिल्डिङ प्रकियाबाट प्राथमिक सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा मुछिएका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्तमा परेपछि साढे चार महिनादेखि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो ।

ढुंगाना बर्खास्तमा परेपछि सरकारले अध्यक्ष नियुक्तिका लागि छनौट समिति बनाएर प्रक्रिया अगाडि बढाएको थियो । योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले हमालका साथै कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारिस गरेको थियो।

छनोट समितिका सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्यमा नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका थिए। छनोट समितिको सिफारिस गरेका तीनजनामध्यबाट मन्त्रीपरिषदको बैठकले हमाललाई अध्यक्ष नियुक्त गरेको हो ।

सेबोनका नवनियुक्त अध्यक्ष हमाल को हुन् ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमाल ललितपुरको भैसेपाटीका स्थायी बासिन्दा हुन् ।

एनआरएन थाइल्यान्डको २ कार्यकाल अध्यक्ष भइसकेका हमालले थाइ–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष भएर पनि काम गरिसकेका छन् । उनले थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्टरनेसनल बिजेनस एण्ड फाइनान्समा एमबीए सम्मको अध्ययन र भारतको रिजनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका छन् ।

अध्यक्ष हमालसँग तीन दशक बढी सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ । उनले बेलायती लगानी कन्सल्टेन्ट तथा रियल स्टेट डेभलपमेन्ट कम्पनी ग्रीन हेरिटेज ग्रुपमा १५ वर्ष गरेका उनले सन् २००० देखि २०१५ सम्म सिनियर म्यानेजमेन्टदेखि प्रमुख कार्यकारी अधिकृतसम्मको जिम्मेवारीमा रहेर कार्य गरेका थिए ।

यस्तै पन्ध्र वर्ष विदेशमा काम गरेका हमालले थाइल्यान्डमा संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम (यूएनईपी) को क्षेत्रीय कार्यालयमा कोष व्यवस्थापकको रुपमा काम गरेका छन् ।  हमाल ओस्टोन एशिया नेपालको कार्यकारी अध्यक्ष र अन्तर्राष्ट्रिय चेन दुषित थानी रिसोर्ट नेपालका सञ्चालक समेत हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।