चिनीको मूल्य नियमन गर्न राष्ट्रिय उपभोत्ता मञ्चको आग्रह

0
Shares

राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको मूल्य नियमन गर्न सरकारसँग आग्रह गरेको छ। उपभोत्ता मञ्चले बढ्दै गएको चिनीको मूल्य नियमन गरी पाउँ भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा निवेदन बुझाएको छ ।

नेपालमा वार्षिक रुपमा कुल २८० लाख मेट्रिक टन चिनीको आवश्यकता पर्दछ । नेपालका १३ वटा चिनी उद्योगहरुको उत्पादन क्षमता १८० लाख रहेको छ । यसरी माग र स्वदेशी उत्पादनमा तालमेल नमिल्दा वर्षेनी नेपालले करिव १०० लाख मेट्रिक टन चिनी भारत र पाकिस्तानबाट आयात गर्ने गरेको मञ्चको भनाई छ ।

भारतीय बजारमा ३५ देखि ३८ रुपैयाँमा पाइने चिनीको मूल्य नेपाली बजारमा १०० देखि १०५ सम्म रहेको छ । नेपालमा विगत चार वर्ष देखि अन्तराष्ट्रिय बजार मूल्यको तुलनामा चिनीको मूल्य अत्यधिक मात्रामा बढेको मञ्चले बताएको छ ।

नेपालमा चिनी उत्पादकहरुको मनपरी र दबावका कारण भारत र पाकिस्तानबाट ल्याइएको चिनीमा ४५ प्रतिशत भन्दा बढी भन्सार महसुल लिने गरिएको छ । यसैकारण नेपालमा चिनीको मूल्य आकाशिन पुगेको छ । तर मूल्य वृद्धि भए अनुसारकोे उखुको भुक्तानी भने किसानहरुले पाइरहेका छैनन् ।

उत्पादकहरुको मनमर्जी र उद्योगीहरुले आपूर्ति व्यवस्थामा असहज हुने गरी चिनी सप्लाई नगर्ने जस्तो गैर जिम्मेवार पूर्ण काम गर्नाले उपभोत्ता र किसान दुवै मारमा परेका छन् ।

राष्ट्रिय उपभोत्ता मञ्चले चिनी उद्योगीहरुको बद्नियत र त्यसले सर्वसाधारण जनता र किसानवर्गलाई परेको असर प्रति नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ५ फाल्गुन २०७८, बिहिबार  १७ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।