
बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडले सेयर बजारका लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क डिम्याट खाता सहित थुप्रै सुविधा ल्याएको छ ।
लगानीकर्ताले बिओके क्यापिटल तथा बैंक अफ काठमाडौं लिमिटेडका शाखा कार्यालयहरु मार्फत अर्को सूचना जारी नभए सम्मको नमित्त निःशुल्क रुपमा “हितग्राही खाता” खोल्न सक्नेछन् ।
बिओके क्यापिटल मार्केटको मर्चेन्ट बैंकिङ्ग प्रमुख गीता पाख्रेलले योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुले निःशुल्क डिम्याट खाता तथा अन्य थप सुविधाहरु पाउने बताइन् ।
उनका अनुसार निःशुल्क हितग्राही खाताको साथमा ग्राहकले ब्रोकर खाता, पोर्टफोलियो ट्रयाकिङ र निगरानी तथा साप्ताहिक सेयर बुलेटिन सेवा पाउनेछन् ।
क्यापिटलको मुख्य कार्यालय नक्साल तथा बैंक अफ काठमाण्डूका सम्पुर्ण शाखा कार्यायलहरुबाट ग्राहकहरुले निःशुल्क डिम्याट खाता खोल्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया